बामदेवले अमेरिकालाई भने, ‘एमसीसी फिर्ता लैजाउ’



काठमाडौ । अमेरिकी सहयोग एमसीसीका बारेमा अहिले राजनीतिक ध्रुविकरण बढेको छ । प्रधानमन्त्री शेर वहादुर देउवा एमसीसी पास गर्ने योजनामा छन् भने अन्य गठबन्धन दलका नेताहरु यथास्थितीमा पास गर्न नहुने तर्क राखिरहेका छन् ।

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले पनि यस वारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना फिर्ता लैजान संयुक्त राज्य अमेरिकालाई अनुरोध गरेका छन् ।

गौतमले मंगलबार विज्ञप्‍ति जारी गरेर एमसीसी अमेरिकाले फिर्ता लैजानु नै अहिलेको परिस्थितिमा नेपाल हितमा हुने उल्लेख गरेका छन् । एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतकद्द विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना हुने देखिएको छ ।

नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद रहेको छ, नेपाल सरकारले र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न,ु गौतमले भनेका छन्, ुयस्तो अवस्थामा नेपाल र अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।

गौतमले एक पक्षीय रुपमा भए पनि फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्न अमेरिकालाई विशेष अनुरोध गरेका छन् । नेपाल र अमेरिकाबीच १९४७ मा दौत्य सम्बन्ध कायम भएदेखि आजसम्म घनिष्ट र मित्रतापूर्ण सम्बन्ध रहेको र नेपालको विकासमा सघाएको भन्दै गौतमले एमसीसी सम्झौतापछि नेपाली जनता अमेरिकाप्रति गम्भीर रुपमा संशकित भएको, नेपालको स्वतन्त्र र सार्वभौमिकतामा आँच पुग्ने शंका गरेकाले परियोजना फिर्ता नै दुबैको हितमा रहेको जिकिर गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्