अञ्जु पन्तलाई अपमान गरेर रचना रिमाललाई उनको गीत गाउन दिएपछि ….



काठमाडौं । अहिले रचना रिमालको श्वर रहेको एउटा गीत विवादमा परेको छ । खासगरी गायिका अन्जु पन्तको स्वरमा १५ वर्ष अघि रेकर्ड भएको गीतकार विपिन किरणको गजल नबिर्से तिमीलाई नपाएँ तिमीलाई‘ यतीबेला विवादमा परेको हो । गीतकार विपिन किरणले अञ्जु पन्तलाई तिरस्कार गरेको भन्दै आलोचना भएको छ ।

गीत संगीतका पारखी र कलाकर्मीहरुले नै सामाजिक सञ्जालमा आलोचना गरेका छन् । यस अघि यो गजललाई सुरुमा अन्जु पन्त र त्यसपछि पुरुष स्वरमा जगदिश समालको स्वरमा रेकर्ड गराएका थिए । यो गीत निकै चर्चित भएको थियो । अहिले नयाँ भर्सनमा रचना रिमाललाई गाउन दिएपनि गीतमा कतै अञ्जु पन्त र जगदिशको नाम छैन । श्रष्ठाहरुले यसको टिप्पणी गरेका छन् ।

अन्जु र जगदिशले आ आफ्नो स्वरबाट सर्वाधिक लोकप्रिय बनाएको यो गीतलाई अहिलेको भिडियोमा ती दुईको नाम नराखी रचनाकै गीत हो भनेर प्रस्तुत गरिएकोमा श्रष्टाहरुले आपत्ति जनाएका हुन् ।

गीतको भिडियोमा ‘क्रेडिट टाईटल’ राख्दा बास्तविक प्रथम श्रष्टाको नाम राख्ने गरिन्छ । तर गजलकार तथा यो गीतका निर्माता विपिन किरणले अन्जु र जगदिशको नाम राखेका छैनन् । हाल अमेरिकामा रहेकी अञ्जुले यस वारे कुनै प्रतिकृया दिएकी छैनन् । तर अन्य कलाकर्मीहरुले भने तिब्र विरोध गरेका छन् । बास्तविक श्रष्टालाई सम्मान दिएर पुन गायन अर्थात रि भोकलिङ भनेर बल्ल रचना रिमालको नाम राखिनु पर्ने कथन विभिन्न संगीतकर्मीको छ ।

यसै विषयमा गायक रजेश पायल राईले अन्जु पन्त र जगदिश समाल प्रति अहिले अबहेलना भएको भन्दै फेसबुकमा यस्तो लेखेका छन्,‘ बिपिन किरण जस्तो हस्ती जस्ले स्रस्टाको हकको लागि लड्ने मान्छे, अनी महेश खड्का नामै काफी जस्को नाम बिना संगीत अधुरो हुन्छ अनी दुई हस्तिले यो गीत रेकर्ड गारिरहदा असली गायक जगदिश ,गायिका अन्जु पन्त लाई सम्झनु पर्दैन रु विवरणमा असली गायक जगदिश समाल र गायिका अन्जु पन्तको नाम उल्लेख नगर्नु हामी सबैलाई हानिकारक ।’ तर रचनाको गायकी तारिफ योग्य भएको पनि राजेश पायलले लेखेका छन् ।

यस्तै संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले पनि सामाजिक सञ्जलमार्फत यस्तो प्रतिक्रिया लेखेका हुन् । अन्जु पन्तले यो गीतलाई आफ्नो स्वरबाट हिट बनाएको र अहिले अन्य कलाकारको स्वरमा रेकर्ड गर्दा अन्जुकै नाम हटाउनु उनी प्रति अपमान भएको अध्यक्ष अधिकारीको भनाई छ । यो गल्तीलाई सच्याएर रचना रिमालको स्वरमा रेकर्ड भएको यो गीतमा अब पूर्व गायक जगदिश समाल र गायिका अन्जु पन्त नाम बास्तविक गायक गायिकाको रुपमा राखिनु पर्ने सुझाब संगीतकार सुरेश अधिकारीले बताएका छन् ।

तर यसका गीतकार तथा निर्माता विपिन किरणले आफु रचनाकारसँगै निर्माता भएकाले गीतको पूर्ण अधिकार आफुमा निहित रहेकाले कसको नाम राख्ने नराख्ने आफ्नो अधिकार भएको बताएका छन् । यस विषयमा उनले भने,‘अन्जु पन्तको स्वरमा तयार गरेर निकालिएको भिडियोमा अन्जुकै नाम छ । यो रचनाको स्वरमा निकालिएका कारण हामीले अन्जुको नाम राख्न उचित देखेनौं ।’ आफुले अन्जु पन्तसँग सल्लाह गरेर बल्ल रचना रिमालको स्वरमा पुन रेकर्ड गराएर बाहिर ल्याएको पनि बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्