अपमाननित भएपछि अञ्जु पन्तले भनिन्, ‘दुखद र अन्यायपूर्ण कुरा हो’




काठमाडौ । आफुले १५ वर्ष अघि गाएर निकै चर्चित बनाएको गजल ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’ को ‘नयाँ भर्सन’ सार्वजनिक गर्दा आफुलाई अपमान गरेपछि गायीका अञ्जु पन्तले पनि प्रतिकृया दिएकी छन् । यो गीतलाई नयाँ भर्सन भनेर रचना रिमाललाई गाउन दिइएको थियो । तर गीतमा कतै अञ्जु पन्तको नाम राखिएको छैन । नयाँ भर्सनलाई रचनाकै गीत जस्तो गरेर पुन सार्वजनिक गरिएपछि अञ्जुले पनि चित्त दुखाएकी छन् ।

यसवारे विभिन्न कलाकर्मीहरुले पनि प्रतिकृया दिइरहेका छन् । अञ्जु माथि अन्याय भएको बताइरहेका छन् । गायिका अन्जु पन्तको स्वरमा रहेको यस गजलको नयाँ भर्सन बजारमा आएपछि यसबारे चर्चा चुलिएको हो ।

नयाँ भर्सनमा पछिल्लो समयमा सर्वाधिक चर्चामा रहेकी गायिका रचना रिमालले स्वर दिएकी छिन् । यसमा कतिपयले रचनाले अन्जु पन्तको जस्तो गाउन नसकेको टिप्पणी गरेका छन् । साथै, यसअघिका गायक÷गायिकाको नामै उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक गर्नु गलत भएको भन्दै सामाजिक सञ्जालमा पक्ष र विपक्षमा आलोचना भइरहेको छ ।

गायिका रचना रिमालको आवाजमा ‘रिरेकर्ड’ भएको गीतको भिडियो ३ फेब्रुअरीमा ‘किरण क्रियसन युट्युब च्यानल’मार्फत सार्वजनिक भएको थियो ।
यसबारे गायिका अन्जु पन्त पनि बोलेकी छिन् । गायिका पनतले नयाँ भर्सन आउनु खुसीकै कुरा भए पनि यसअघिका गायक÷गायिकाको नामै उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक गरिनु दुखद् र अन्यायपूर्ण भएको उनको प्रतिक्रिया छ । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनी केही समय देखि अमेरिकामा छन् । पन्तले अमेरिकावाटै सामाजिक सञ्जाल मार्फत त्यसवारे प्रतिकृया जनाएकी हुन् ।

उनले लेखेकी छन्, उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाँही दुखद र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन । म एक ब्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलीका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ ।

आशा छ सम्बन्धित पक्षले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार समाधानको उपाय निकाल्नु हुनेछ । भविश्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभुति गर्ने दिन कहिल्यै नआओस् । मेरा लाखौँ सहकर्मी, श्रोता, दर्शकहरुबाट पाएको माया र सम्मानप्रति सदैब आभार ब्यक्त गर्दछु ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्