H#JG^*8XPo32Fd

एका विहानै देखि किन बढाइयो काठमाडौको यि ठाउँमा सुरक्षा ? बाक्लो सुरक्षाकर्मी परिचालन




काठमाडौ । बुधवार विहानै देखि काठमाडौको संवेदनशिल क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौको संसद भवनअगाडिदेखि माइतीघरसम्म सुरक्षा निगरानी बढाइएको हो ।

विभिन्न ६ राजनीतिक दलले बुधवार एमसीसी सम्झौताविरुद्धको प्रदर्शन गर्ने निर्णय गरेपछि सोही प्रदर्शनलाई ध्यान दिँदै सुरक्षाकर्मी परिचालन गरिएको हो । बानेश्वरदेखि ठाउँठाउँ नेपाल र सशस्त्र प्रहरीको टोली बसेको छ ।

एमसीसी सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले दिउँसो प्रदर्शन तय गरेका हुन् ।

आज बोलाइएको संसद बैठक पनि स्थगित गरिसकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल गर्न भनिरहेपनि सभामुख सापकोटा भने माहोल राम्रो नभएको भन्दै मानिरहेका छैनन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्