उड्दै गरेको विमानको इन्जिन भाँचिएर एक टुक्रा भुइमा झर्यो



काठमाडौ । आकासमा उड्दै गरेको विमानको इन्जिन भाँचिएर एक टुक्रा भुईमा झरेको छ । यो घटना बुधवार भारतमा भएको हो । मुम्बइबाट उड्ने क्रममा एयर इण्डियाको मातहतमा रहेको एलायन्स एयरको एटिआर जहाजको इन्जिनको एक भाग भाँचिएर भुइामा खसेको हो ।

मुम्बइबाट गुजरातको भुजको लागि उडेको जहाज इन्जिनको एक भाग भाँचिएर भुईमा खसेको थियो । तर इन्जिन बिना नै भुजमा सुरक्षित अवतरण गरेको बताइएको छ । विमान बुधबार बिहान स्थानीय समयअनुसार साढे ५ बजे मुम्बइबाट टेक अफ गरेको थियो।

टाइम्स अफ इण्डियाका अनुसार विमानको एउटा इन्जिनको बाहिरी कभर धावनमार्गमा भेटिएको थियो । यो कभरले इन्जिनलाई बाहिरी वस्तुबाट सुरक्षा दिने र हावामा हुने घर्षणलाई कम गरेर इन्जिनलाई चिस्याउने काम गर्छ ।

रातो रंगको यो कभर एलायन्स एयरको मुम्बइ भुज उडान भर्ने उडान संख्या ९आइ–६२५ को भएको स्रोतले बताएको छ । ‘उडान कुनै थप क्षतिबिना सुरक्षित अवतरण गरेको छ’ नागरिक उड्डयनका महानिर्देशक अरुण कुमारले भने ।

हवाइ सुरक्षा विज्ञ क्याप्टेन अमित सिंहका अनुसार कभरलाई राम्रोसँग बन्द गरिएन भने यस्ता घटनाहरु हुन सक्छन् । विमानको मर्मतको लागि यो कभर निकाल्नुपर्छ । यो राम्रोसँग बन्द नभएको पाइलटले विमानको जाँच गर्दा पनि फेला पारेका थिएनन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्