कोभिड संक्रमित १२ वर्षीया बालिकाको मृत्यु



काठमाडौ । कोभिड संक्रमितको संख्या विस्तारै कम हुँदै गइरहेको बेलामा बुधवार भने कोभिडका कारण एक १२ वर्षीया बालिकाको निधन भएको छ । वीरगञ्जमा बालिकाको निधन भएको हो । उनलाई निमोनिया भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

धोविनी गाउँपालिका–४ का १२ वर्षीय बालकको मंगलबार साँझ साढे ७ बजे मृ,त्यु भएको हो । माघ १६ गते स्वास प्रश्वासमा सहयोगका लागि ट्युब र ब्याग सहित उनलाई नारायणी अस्पतालमा भर्ना गर्न लगिएको थियो । भेन्टिलेटरमा राखेर उपचार सुरु गरेपनि उनको निधन भएको छ ।

उपचार पछि पनि उनलाई होस नआएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । उनलाई नेशनल मेडिकल कलेजबाट नारायणी अस्पतालमा रिफर गरिएको थियो । सोही दिन गरिएको एन्टिजीन परीक्षण पोजेटिभ आएको थियो । चेकजाँचका क्रममा उनमा कोभिड निमोनिया देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका कोभिड संयोजक डा। उदयनारायण सिंहका अनुसार शुरुमा उनलाई ज्वरो आएको थियो । त्यसपछि उनलाई वान्ता भएको र वान्ता सर्किएर श्वासनली हुँदै फोक्सोसम्म पुगेको उनले बतए । ‘एकातिर कोभिड निमोनिया, अर्कोतिर एस्पिरेसन निमोनिया पनि थियो’ उनले भने, ‘सकेको प्रयास ग¥यौं तरपनि बचाउन सकेनौं ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्