यस्तो काममा संलग्न भएको देखिएपछि नेपालवाट १५४ जना विदेशी देश निकाला



काठमाडौं । सरकारले नेपाल आएका अनैतिक काममा संलग्न भएका १५४ जनालाई देश निकाला गरेको छ । यो संख्या पछिल्लो ६ महिनाको हो । विभिन्न वहानामा नेपाल आउने र गैर कानुनी काममा संलग्न भएको देखिएपछि उनीहरुलाई देश निकाला गरिएको हो ।

जसमा मुलुकभित्र अवैधानिक रुपमा बसेका तथा गैरकानुनी कार्यमा संलग्न विभिन्न राष्ट्रका १५४ जना नागरिक छन् । २०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा उनीहरुलाई निष्काशन गरिएको जानकारी अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताए ।‘निष्काशन गरिएका अधिकांश कै द जरिवाना भुत्तानी गरेका तथा भिसा अवधि सकिएपछि (ओभर स्टे गर्ने) विदेशी हुन्,’ महानिर्देशक भट्टराइले भने ।

यो पनि, सुजुकीले नेपाली ग्राहकहरुका लागि ‘वर्कसप अन ह्वील’ सेवा सुरु गरेको छ। नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्दिन्ग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागि यो सेवा सुरु गरेको हो।

स्मार्ट वो वर्कसपको नयाँ पहलले सुजुकी ग्राहकले आफ्नो घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्नुहुनेछ। कम्पनीको अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन् जसले सामान्य सर्भिस, मर्मत, तथा अरू गाडी सम्बन्धी काम गर्ने छन्।

‘यो नयाँ पहल ग्राहक माँझ ल्याउँन पाउँदा हामी हर्षित छौँ।’ सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठले भने, ‘यो चार पांग्रे सवारीमा निर्मित एउटा आधुनिक वर्कसप हो जसले ग्राहकको सबै सर्भिस सम्बन्धी कार्य गर्नेछ।’ उनकाअनुसार यो सुविधाले आपत्कालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थानमा पुगी सेवा दिनेछ। यो सेवा हाल काठमाडौँ, पोखरा, भैरहवा र नारायणघाटमा उपलब्ध छ। चाँडै नेपालका सम्पूर्ण प्रमुख सहरमा विस्तार गर्ने योजना छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्