पर्यटनमन्त्री आले विरुद्ध पर्यो अदालतमा मुद्दा



काठमाडौ । नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले पर्यटनमन्त्री प्रेमबहादुर आले विरुद्ध अदालतमा मुद्दा परेको छ । उनी सहित ९ जनाविरुद्ध अदालतको अपहेलनाको मुद्दा दायर भएको हो ।

बुधवार सर्वोच्च अदालतमा सीईओ रेग्मीसहित जीवन घिमिरेले अदालतको अपहेलना भएको भन्दै मन्त्री आले, बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, सदस्य पद्मादेवी पौडेल, विप्लव पौडेल, डावाडीमा शेर्पा, कृष्णकुमार शाह, तारानाथ अधिकारी र मन्त्रालयका सहसचिवसमेत रहेका सदस्य होमप्रसाद पौडेलविरुद्ध अपहेलनाको मुद्दा दायर गरिएको हो ।

रिजालको संयोजकत्वमा गठित सीईओ धनन्जय रेग्मीमाथिको छानबिन समितिले बोर्डका अध्यक्ष तथा पर्यटनसचिव महेश्वर न्यौपानेलाई बुझाएको प्रतिवेदनले अदालतको मानहानी गरेको दाबीसहित रेग्मी र घिमिरेले अदालतमा मुद्दा दायर गरेका हुन् ।

आर्थिक अनियमितता र मानवतस्करीमा मुछिएका रिजालको संयोजकत्वमा बनेको समितिले गरेको छानबिन प्रतिवेदन गत पुस १४ गते अदालतले दिएको अन्तरिम आदेशविरुद्ध रहेको निष्कर्षसहित रेग्मी र घिमिरेले मुद्दा दायर गरेका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्