प्रचण्डले ‘अब मलाई प्रधानमन्त्री चाहिन्छ’ भनेपछि देउवाले खोलीदिए प्रचण्डको यस्तो पोल




काठमाडौ । अमेरिकी सहयोग एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धन दलबीच रस्साकस्सी चलिरहेको बेलामा सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । निर्वाचनको तयारीमा लागेका दलहरुले मोर्चा समेत बनाउँदै छन् । यस्तो अवस्थामा यो गठबन्धन अब निर्वाचन सम्म जान्छ की जाँदैन भन्ने पनि शंका छ ।

एमसीसीमा सहमति जुट्न नसकेका कारण गठबन्धन भत्कन सक्ने आँकलन गरिएको छ । प्रचण्ड’ले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेको खुलासा भएको छ । धानमन्त्रीनिवास बालुवाटारनिकट स्रोतले बताएअनुसार प्रचण्डले स्थानीय निर्वाचनपछि आफू प्रधानमन्त्री बनेदेखि एमसीसी पास गर्न सघाउने वाचा गरेका छन् ।

तर देउवाले प्रचण्डको त्यो प्रस्ताव मानेका छैनन् । अनपेक्षित रुपमा प्रचण्डले यस्तो प्रस्ताव गरेपछि देउवाले पनि नयाँ चाल खेलेको बताइएको छ । स्थानीय निर्वाचनपछि हुने संघीय चुनाव आफूले गराउन पाउनुपर्ने प्रचण्डको भनाई थियो । यो विषयमा दुई नेताबीच विवाद समेत भएको बताइएको छ ।

केही दिनअघि एमसीसी मुख्यालयलाई लेखिएको एक पत्र सार्वजनिक भएको थियो । एमसीसी पास गर्ने प्रतिबद्धता व्यक्त गरिएको उक्त पत्रमा देउवा र प्रचण्डको संयुक्त हस्ताक्षर थियो । उक्त पत्र बालुवाटारबाटै सार्वजनिक भएको भन्दै केही सञ्चारमाध्यमहरूले समाचार लेखिसकेका छन् ।

प्रचण्डले प्रधानमन्त्री मागेपछि रुष्ट भएका देउवाले पत्र सार्वजनिक गर्न लगाएको हुन सक्ने आंकलन राजनीतिक वृत्तमा गरिएको छ । तर यसको आधिकारीक पुष्टि भने कतैवाट भएको छैन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्