मन्त्री आलेको अर्को एक्सन, करोडौ लगानी भएका यस्ता चर्चित होटल बन्द गराइदिए



काठमाडौ । संस्कृति पर्यटन मन्त्री प्रेम आले एक पछि अर्को आ क्रा मक निर्णय गर्न थालेका छन । उनले केही दिन अघि पशुपति मन्दिर परिसरमा संचालन भएको अतिथि गृहवाट वतास समुहलाई निस्कासन गरेका थिए । सो अतिथि गृहको ब्यवस्थापनको जिम्मा वतास समुहले लिएको थियो । तर अतिथिहरुसंग निकै महंगो सेवा दिएको गुनासो आएपछि उनले अनुगमन गरेर सो समुहलाई ब्यवस्थापनवाट निकालेका थिए ।

त्यसपछि पनि अनुमगनलाई तिब्रता दिएका मन्त्री आलेले क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका छन् । यो निर्णयसंग अहिले ब्यवसायीक क्षेत्रमा तरंग उत्पन्न भएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले केही गतिविधि विवादित बनेका छन् । उनले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गराएका हुन् ।

२० भदौ ०६७ मा मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल) को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो । तर, आर्थिक वर्ष २०७६९७७ सम्मको बक्यौता, आव २०७७९७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आवको रोयल्टी गरी ३८ करोड १० लाख ४५ हजार ६६४ रुपैयाँ नबुझाएपछि होटल बन्द हुनुका साथै मिनी क्यासिनोको लाइसेन्स रद्द भएको हो ।

ड्रिमल्याण्ड होटल र आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ । लुम्बिनी सरकार प्रदेशलाई पत्र लेख्दै उक्त होटल मन्त्रालय वा निकाय अन्तर्गत दर्ता भएको भए दर्ता खारेज गर्न भनिएको छ । ह्याप्पी आवरले महेन्द्रनगर, भैरहवा र काकडभिट्टामा पनि क्यासिनो सञ्चालन गर्दै आएको छ । याक एण्ड यतीको होटल वर्गीकरणस्तर र क्यासिनोको लाइसेन्स रद्द भइसकेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्