सत्यमोहन जोशीलाई के भएको हो ? अस्पतालले जारी गर्यो यस्तो विज्ञप्ती




काठमाडौ । वाङ्मय शताब्दी पुरुष डा। सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा समस्या देखिए पछि तीन दिन अघि अस्पताल भर्ना भएका हुन् । उनको कोभिड १९ पीसीआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । किस्ट अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यका बारेमा अस्पतालले जानकारी गराउँदै विज्ञप्ती जारी गरेको छ ।

छातीमा निमोनिया संक्रमणले अक्सिजनको मात्रा कम हुँदा किस्ट अस्पतालमा उपचार गराइरहेका जोशीको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिएका छन् ।

यद्यपि इकोकार्डियोग्राफीको रिपोर्टले जोशीको मुटुमा समस्या देखाएको छ । छाती रोग विशेषज्ञ प्राडा मिलेशजंग सिजापतिको नेतृत्वमा मुटु रोग विशेषज्ञसहितको मेडिकल टोलीले जोशीको उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्