श्रीमानसंग डिभोर्स गरेर बसेकी सल्यानकी महिलालाई फोन मार्फत प्रेमको जाल विच्छ्याएर विवाह गर्छु भन्दै भारतमा बेचियो



काठमाडौ । श्रीमानसंग डिभोर्स गरेर बसेकी एक महिलालाई अर्का एक पुरुषले विवाह गर्ने प्रलोभन देखाएर भारतमा बेचेको खुलेको छ । उनलाई युट्युवरको सहयोगमा प्रहरीले उद्दार गरेको हो । सल्यानकी ३३ वर्षकी ति महिलालाई टेलिफोनमा कुरा गरेर नजिकिएका पुरुषले विवाहको आश्वासन दिएका थिए । त्यो सिलसिला २०७७ सालको साउन १९ गते रक्षा बन्धनको दिनवाट सुरु भएको हो ।

ति महिलालाई त्यो दिन नचिनेको नम्बरवाट फोन आएको थियो । तर उनले सुरुमा उठाइनन् । तर बारम्बार फोन आएपछि भने उनले उठाइन् । फोन गर्ने व्यक्ति कोहलपुरका ३३ वर्षीय गोपाल विक हुन्छन्।

परिचय नभएका गोपालसंग महिलाको त्यसपछि चिनजान भएर दिनहुँ कुराकानी हुन थाल्छ । उनीहरुको फोनमै प्रेम बस्छ । त्यो बेला उनको श्रीमानसंग डिभोर्स भएको हुँदैन । उनका श्रीमान भारतको सिमलामा थिए । श्रीमानले वास्ता गर्न छोडेपछि उनी सिमला पुगेकी थिइन् । उनी त्यती बेला उतै बस्थिन् । उनको ८ वर्षकी छोरी पनि छन् ।

९ वर्ष अगाडि वैवाह गरेकी उनको श्रीमानले भारतको सिमलामै अर्को विवाह गरेको थाहा पाएपछि उनले डिभोर्स गरेकी थिइन् । अनि उतै छोरीका लागि केही काम गरेर गुजारा गरेकी थिइन् । पछि उनीहरुबीच छोरीलाई सम्पत्ति दिने सहमति गरेर अलग भएर बस्ने निर्णयमा पुगेका थिए। श्रीमान्सँग डिभोर्स पछि सिमलामै काम गरेर गुजारा गरिरहेकी अस्मितासँग फोनबाट गोपालको सम्पर्क भएको थियो।

प्रेम सम्बन्धमा रहेकी अस्मितालाई बिहे गर्ने भनेर गोपालले गत असोजमा सिमलाको बागी भन्ने ठाउँ लगे। बिहेको प्रलोभन देखाएर ती महिलालाई गोपालले स्याउ फार्ममा बेचेको खुलेको हो । भारतको स्याउ फार्ममा बेचिएकी महिलाको सोमबार माइती नेपाल कञ्चनपुरले उद्धार गरेको छ।

माइती नेपाल समक्ष दिएको महिलाको बयान अनुसार गोपाल र अस्मिता दुवैले स्याउ फार्ममा चार महिनासँगै बसेर काम गरे। माघ ११ गते गोपाल नेपाल जान्छु भनेर अस्मितालाई स्याउ फार्ममै छोडेर भागेका थिए।

‘कोहलपुरको ऐलानी जमीन नाममा हालेर आउँछु भनेर उनलाई भारतमै छोडेर आएका गोपाल फर्किएनन् । ‘गोपालले ५० हजार भारुमा उनलाई बेचेको पछि थाहा पाइन् । त्यस पछि अस्मिताले आफन्तसँग गोपालको बारे सोधी खोजी गर्न थालिन्।

त्यसपछि उनले आफ्नो बारेमा जानकारी दिन युट्युबको सहायता लिइन्। १८ माघमा आफू ब न्ध कमा परेको खबर सुरुमा युट्युबर बाबुराम पाण्डेलाई जानकारी दिएपछि उनी मार्फत प्रहरीले महिलालाई उद्दार गरेको हो । १९ माघमा भारतमा महिला बेचबिखनमा परेको सूचना माइती नेपालले पाएको थियो। सूचनाको पाएको पाँच दिनमै माइती नेपाल कञ्चनपुरले भारतमा ब न्ध क बनाइएकी महिलाको उद्धार गर्न सफल भएको हो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्