यिनै हुन् जसले सहायक वन अधिकृतलाई मोसो दलेका थिए, अधिकृतले दिए विप्लवलाई नै यस्तो चेतावनी



काठमाडौ । केही समय अघि कैलालीको पचमुडिया सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दलिएको थियो । उनलाई नेत्र विक्रम चन्द विप्लव समुहका कार्यकर्ताले यस्तो गरेका थिए । घटना पछि वन अधिकृत पण्डितले सामाजिक सञ्जाल मार्फत विप्लवलाई चेतावनी दिएका थिए । उनले सार्वजनिक वहसमा आउनु भन्दै विप्लवलाई चुनौती दिएका थिए ।

उनै वन अधिकृतलाई मोसो दल्ने नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न व्यक्तिहरू खोजतलास गर्ने क्रममा बुधबार कैलाली भजनी नगरपालिका वडा नं ९ बस्ने वर्ष ३९ को पहल पुन मगरलाई पक्राउ गरिएको हो।

अन्य संलग्न व्यक्तिहरूको खोजतलास जारी रहेको प्रहरीले जानकारी दिएको छ। कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार यही माघ १७ गते अपराह्न सवा ४ बजेतिर अपरिचित ५र६ जना व्यक्तिले सहायक वन अधिकृत पण्डितलाई मोसो दलेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

पीडित सहायक वन अधिकृत पण्डितका अनुसार उनीहरूले आफूलाई विप्लवका कार्यकर्ता बताएका थिए। आफुले चन्दा नदिएका कारण विप्लवका कार्यकर्ताले मासो दलेको उनको भनाई थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्