विहानै खुमलटार भेट्न पुगेका प्रचण्डलाई शेखर कोइरालाले दिए यस्तो झट्का



काठमाडौ । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि राजनीतिक दलहरु चुनावी मैदानमा होमिएका छन् । गठबन्धनमा रहेका दलहरुबीच तालमेलको प्रयास भइरहेको छ । यसै विषयमा कुरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विहिवार नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालालाई भेट्न पुगे ।

उनले स्थानिय तहको निर्वाचनमा वडा तह सम्म नै गठबन्धन बनाउने प्रस्ताव लिएर कोइरालालाई भेट्न पुगेका थिए । अध्यक्ष प्रचण्डलाई भेट्न नेता कोइराला बिहीबार बिहान खुमलटार पुगेका थिए । काँग्रेस नेता अमरेशकुमार सिंहसहित प्रचण्ड निवास खुमलटार पुगेका कोइराला र प्रचण्डबीच गठबन्धन, एमसीसी, संसद् खुलाउने लगायतका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

प्रचण्डसँगको भेटमा कोइरालाले संसद्लाई ब न्ध क बनाउन नहुने धारणा राखेका थिए । ‘संसद्लाई बन्धक नबनाऊ, जे जे गर्ने हो संसद्बाटै छिनोफानो गरौँ’, कोइरालाले अध्यक्ष प्रचण्डलाई गरेको आग्रह उद्धृत गर्दै थपलियाले भने, ‘जवाफमा प्रचण्डले गठबन्धनको कुरा गर्नुभयो ।’

प्रचण्डले स्थानीय चुनावमा गठबन्धन बनाएर जाऔँ भनेर गरेको प्रस्तावलाई कोइरालाले अस्वीकार गरेका थिए । ‘वडा वडामा गठबन्धन सम्भव छैन । केन्द्रबाट तोकेर एलाइन्समा चुनाव लड्ने कुरा म अन्तिमसम्म विरोध गर्छु, बरु चुनावपछि सहकार्य गर्न सकिन्छ’, प्रचण्डलाई कोइरालाको जवाफ थियो । यसअघि कोइरालाले मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बालकोट पुगेर भेटेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्