आफ्नै साथीलाई नागमणीको ब्यापार गर्ने भन्दै फसाएर लिइयो ज्यान, भारतमै पुगेर अभियुक्तलाई ल्यायो प्रहरीले



काठमाडौ । आफ्नै साथीलाई अन्धविश्वासमा पारेर एक जनाले उनको ज्यान लिएका छन् । काठमाडौँको असनमा डेरा गरी बस्ने विजय चौधरीलाई नागमणी किन्न पाइने र त्यो बेचेर करोडौ रुपैया कमाइ हुने विश्वास दिलाएर उनकै साथीले ज्यान लिएका हुन् । असनमा भाँडाकुँडा, हार्डवेयर पसल संचालन गर्दै आएका चौधरी परिवारलाई समेत झुट बोलेर नागमणीको चक्करमा भैरहवा पुगेका थिए ।

उनले परिवारका सदस्यलाई आफु भैरहवा जग्गा किन्न पुगेको बताएका थिए । उनलाई फसाउने साथी भने राजु साह भन्ने मञ्जुर आलम देवा र तलत अलि खान हुन् । उनीहरुले नै विजयलाई मणीको ब्यापारका बारेमा प्रलोभन देखाएका थिए । मणी किन्न भनेर उनले २ जना साथीसँग २० लाख रुपैयाँ सापटी लिएर भैरहवा पुगेका थिए ।

विजयलाई फसाउन उनीहरुले नक्कली नागमणी ब्यापारी पनि तयार पारेका थिए । नागमणी ब्यापारीले पैसा नहेरी मणी दिन्न भनेपछि उनी २० लाख बोकेरै भैरहवा पुगेका हुन् ।

विजयको नजिकका साथीका रूपमा देखिएका राजुले केही व्यक्तिहरू पनि भेला पारेर यस्तो योजना बनाएका थिए । कोहीलाई नागमणि हुने व्यक्ति भन्दै चिनाए भने कसैलाई अन्य ब्यापारी भन्दै चिनाए ।

भैरहवास्थित होटल यतिमा बास बसेका विजयलाई आफ्नो घरमा खाना खान भन्दै बोलाएर राजुले श्रीमतीसंग मिलेर उनको ज्यान लिए । पैसा आफ्नो भिनाजुलाई राख्न दिएर भारत भागे । माघ ७ गते राती अन्दाजी १० बजे विजयको निधन भएको हो । अहिले विजय र उनको श्रीमतीलाई प्रहरीले भारतवाटै पक्राउ गरी ल्याएको छ । उनीहरुले घटना स्वीकार गरेका छन् ।

प्रहरीले विजयको पैसा राख्न दिएका राजुका भिनाजु र एक मोवाइल पसल संचालकलाई पनि पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । रामग्राम नगरपालिका ५, ड्राइभर टोल, नवलपरासीमा रहेको राजुको घरमा घटना भएको थियो । उनीहरुले शवलाई करिब २५ किलोमिटर टाढा रहेको रामग्राम नगरपालिका ९ पिपरहिया र जोकवारी सडक खण्डमा लगेर फालेका थिए ।

राजुका भिनाजु वसन्त सहनीले भने उक्त रकम एक मोबाइल पसलमा लगेर लुकाएका थिए । बशन्त र मोवाइल पसल संचालक पनि अहिले पक्राउ परेका छन् । विजयलाई भारतमै बस्नु अब नेपाल पनि नआउनु र मलाई पनि फोन नगर्नु भन्दै भिनाजुले सो रकम पनि आफै पचाउने दाउमा रहेको प्रहरी अनुसन्धानवाट देखिएको छ ।

भारतीय प्रहरीसँग राम्रो सम्बन्ध भएका एकजना डिएसपीलाई गोरखपुर पठाइएर राजु र उनकी श्रीमतीलाई पक्राउ गरी प्रहरीले नेपाल ल्याएको छ । अब पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्