देउवाले बालुवाटार बोलाएर प्रचण्डलाई भने, ‘एमसीसी पास गर्छौ भनेर आफै पत्र लेख्ने अहिले हुँदैन भन्ने ?’



काठमाडौ । अमेरिकी सहयोग एमसीसी पास गर्ने तर्फ प्रधानमन्त्री शेर वहादुर देउवा निकै लागि परेका छन् । उनी विभिन्न राजनीतिक दलका नेताहरुलाई सहमति जुटाउन छलफलमा जुटेका छन् । केही दिन अघि विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गरेका देउवाले विहिवार गठबन्धन दल माओवादी र समाजवादीका अध्यक्षलाई भेटेका छन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच विहिवार वालुवाटारमा भेटवार्ता भएको हो । देउवाले दुई नेतालाई वालुवाटार बोलाएका थिए । स्रोतका अनुसार सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच अमेरिकन सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा कुराकानी भएको हो।

देउवाले एमसीसी अनुमोदनमा सहयोग गर्न भन्दै दुई नेताहरुले यथास्थितीमा अनुमोदन गर्न नहुने र निर्वाचन अघि यो विषय नउठाउन देउवालाई आग्रह गरेका थिए । तर देउवाले भने आफु र प्रचण्डले एमसीसी अनुमोदन गर्ने भन्दै पत्र लेखेको कुरा प्रचण्डलाई सम्झाएका थिए । आफुहरले लिखित गरेको प्रतिवद्धता पुरा गर्न प्रचण्डलाई उनले दवाव दिएका थिए । एमसीसीमा गठबन्धन दलहरुबीच सहमति जुटाउन नसकेपछि वालुवाटारवाट नै प्रचण्डले समेत एमसीसी अनुमोदनका लागि सहमति जनाएर पठाएको पत्र सार्वजनिक भएको थियो । सो पत्र सार्वजनिक भएपछि प्रचण्ड अप्ठेरोमा परेका छन् ।

केही दिनअघि प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मात्र छलफल गरेका प्रधानमन्त्री देउवाले आज प्रचण्ड र नेपालसँग भेटवार्ता गरेका हुन्। प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसी मुख्यालयमा संयुक्त पत्र पठाई यही फेब्रुअरी २८ भित्र संसदबाट एमसीसी अनुमोदन गराउने प्रतिबद्धता जनाएका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्