‘गंगुबाई काठियावाडी’को पहिलो गीत ‘ढोलिडा’ सार्वजनिक, आलियाको यस्तो रुपले दर्शक छक्क (भिडियो हेर्नुस्)



एजेन्सी । बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘गंगुबाई काठियावाडी’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । फिल्म फागुन २५ गते रिलिज हुने बताइएको छ । अब सञ्जय लीला भन्सालीले फ्यानलाई चकित पार्दै फिल्मको पहिलो गीत सार्वजनिक गरेका छन् । गीतको नाम ‘ढोलिडा’ हो । युट्युबमा सार्वजनिक गरिएको यो गीतको भिडियोलाई फ्यानहरुले निकै रुचाएका छन् । यस गीतमा आलिया भट्टले जसरी डान्स गरेकी छिन्, त्यो गजबको देखिन्छ ।

‘ढोलिडा’ गीत सार्वजनिक भएको छ
गीतमा प्रवेश गर्ने बित्तिकै आलियाले आफ्नो जुडी ठीक गर्दै गंगुबाई स्टाइलमा नमस्ते गर्छिन्। त्यसपछि माथि सारी बाँधेर ठुम्का लगाउँछिन् । भिडियोमा आलियासँग धेरै ब्याकग्राउन्ड डान्सर पनि डान्स गरिरहेको देख्न सकिन्छ । ट्रेलरमा आलिया भट्टको दमदार अभिनयको झलक पनि देखियो । ट्रेलर हेरेपछि आलियाको तारिफ गर्नबाट कसैले पनि आफूलाई रोक्न सक्ने छैनन् ।

‘गंगुबाई काठियावाडी’ को कथा वास्तविक जीवनको कथाबाट प्रेरित छ । यो कथा एक यस्तो निर्दोष केटीको कथा हो, जो सानै उमेरमा विश्ववादको दलदलमा धकेलिन्। यसपछि त्यही केटी पछि मुम्बईको वे श्या लय र डन बनिन् । चलचित्रको सम्पूर्ण टिमले प्रचारप्रसार गरिरहेका छन् । आलियाले आफ्नो इन्स्टाग्राममा ‘गंगुबाई काठियावाडी’ लुकमा धेरै तस्बिर सेयर गरिरहेकी छिन् ।

आलियाको लुक र ट्रेलर हेरेपछि फिल्मको रिलिजसम्म पर्खन निकै गाह्रो भइरहेको छ । सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘गंगुबाई काठियावाडी’ २५ फेब्रुअरी २०२२ मा रिलिज हुँदैछ। करण जोहर पनि आलियाको यो फिल्मलाई लिएर धेरै उत्साहित देखिन्छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्