राप्रपा त्यागेका कमल थापाले नयाँ दल दर्ता गर्दै, यस्तो रहनेछ नाम र पदाधिकारी



काठमाडौ । दुई दिनअघि राप्रपा परित्याग गरेका कमल थापाले आफ्नै नेतृत्वमा निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराउने भएका छन् । उनले त्यसका लागि पार्टीको नाम पनि छलफल सुरु गरेका छन् । बिहीबार बसेको बसेको थापा समूहको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो ।

पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न बैठकले थापालाई जिम्मेवारी दिएको उनी निकट नेता राजाराम बर्तौलाले जानकारी दिए । स्रोतका अनुसार नयाँ पार्टीको नाम राष्ट्रिय एकता पार्टी प्रस्ताव गरिएको छ । निर्मल निवासले पार्टीको चुनावमा गरेको हस्तक्षेपको छानबिन नभएको भन्दै उनले मंगलबार गृहजिल्ला हेटौडा पुगेर पार्टी परित्याग गरेका थिए ।

कमल थापा निकट नेता राजाराम बर्तौलाले बिहीबार बैठक बसेर पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय भएको बताए । उनले पार्टीको नाम राष्ट्रिय एकता पार्टी नेपालसहित अन्य केही नाम प्रस्ताव भएको र केही दिनमै अन्तिम टुंगो लाग्ने बताए ।

पार्टीको नेतृत्व कमल थापाले नै गर्नेछन् भने सुरुवाती चरणमा पदाधिकारीमा उद्धव पौडेल, सुशील श्रेष्ठ, चन्द्र बहादुर गुरुङ, बर्तौलालगायत रहनेछन् । उनीहरु थापाको पक्षमा खुलिसकेका छन् । तर, हाल राप्रपाको पदाधिकारीमा रहेकाहरु भने थापाको पक्षमा खुलिसकेका छैनन् । केही केन्द्रीय सदस्यचाहिँ खुलेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्