अचानक गोकुल बाँस्कोटाको भेट पम्फा भुषालसंग भएपछि….



काठमाडौ । नेकपा एमालेका नेता तथा पूर्व संचारमन्त्री गोकुल बाँस्कोटा चोटीलो बोलीले चर्चामा रहन्छन् । उनको तर्क गर्ने शैली पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको जस्तै छ । विरोधीहरुलाई उनी निकै कटाक्ष गर्छन । तर विहिवार चन्द्रागिरीमा ऊर्जामन्त्री पम्फा भुसालसंग उनको जम्काभेट भयो । उर्जामन्त्री र पूर्वमन्त्री गोकुल बास्कोटाको जम्काभेटको तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

बास्कोटा पत्नीसहित चन्द्रागिरी पुगेका थिए । पम्फा पनि आफ्नो सचिवालय र निकटस्थसहित चन्द्रागिरी पुगेको बेलामा उनीहरुको जम्काभेट भएको हो । उनीहरुले सामुहिक तस्बिर पनि खिचाएका छन् । बास्कोटाले ट्वीटरमा तस्बिर राखे पछि यसवारे जानकारी भएको हो । चन्द्रागिरीमा पत्रकार देवप्रकाश त्रिपाठी पनि पुगेका थिए । उनले पनि साथै तस्बिर खिचाएका थिए । उनीहरुबीच के कुराकानी भयो भन्ने कुरा भने खुलाईएको छैन ।

यो पनि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदन गराउन अगाडि बढेका छन् । उनले पार्टीबाट सबैको साथ पाइसकेका छन् । आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेर अनुमोदन गराएर जनतामा जाने निर्णय समेत गराए ।

एमसीसीबारे काँग्रेसभित्र एकमत भएको छ । अब सदनमा टेबुल गराउने रणनीतिका साथ बढ्ने बुझिएको छ । देउवालाई आज माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा भेटे । उनीहरुले चुनावपछि एमसीसी टुंगो लगाउने गरी प्रस्ताव गरे । एमसीसी पारित गरेर जाँदा चुनावमा धक्का लाग्ने प्रचण्डको भनाईलाई देउवाले भ्रमहरु चिरिने जवाफ दिएका थिए ।

देउवा कुनैपनि हालतमा एमसीसी पारित गर्न बढिसकेका छन् । यसको सन्देश उनले कार्यसम्पादन समितिको बैठकबाट निर्णय गराएर दिइसकेका छन् ।
एमसीसी १६ फागुन अगावै पारित गर्ने देउवाको तयारी छ । यसका लागि उनले कुनैपनि विकल्पमा जाने तयारी समेत गरेको बुझिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्