जब रविना टण्डनले श्रीमान् अनिल थडानीकी पूर्व पत्नी माथि जुसले भरिएको गिलास फ्याकिन…




एजेन्सी । के तपाईलाई थाहा छ अभिनेत्री रविना टण्डनले एक पटक आफ्ना पति अनिल थडानीकी पूर्व पत्नी नताशालाई जुसले भरिएको गिलास फ्याँकेकी थिइन् ? रविनाले पार्टीका क्रममा अनिल थडानीकी पूर्व पत्नीलाई जुसको गिलासले हानिन् । यो घटना नयाँ वर्षको पार्टीको हो। रितेश सिधवानीले नयाँ वर्षको अवसरमा पार्टी आयोजना गरेका थिए । पार्टीमा रविना टण्डनका पति अनिल थडानीकी पूर्वपत्नी पनि सहभागी थिइन् ।

अनिल थडानीकी पूर्वपत्नी नताशा सिप्पी पार्टीमा उनीसँग नजिक हुन खोज्दै थिइन् । रविना टण्डन यो सबै शान्त भएर हेरिरहेकी थिइन् । नताशा अनिल थडानीको नजिक आएको सहन नसकेर नताशामाथि जुसको गिलास फालेकी थिइन् । पछि रविना टन्डनले यस घटनामा भनिन् कि यदि कसैले मेरो श्रीमान् वा परिवारको अपमान गर्छ भने म उसलाई छोड्ने छैन। उल्लेखनीय कुरा के छ भने रविना टण्डन फिल्म उद्योगकी चर्चित अभिनेत्री हुन् ।

उनले आफ्नो अभिनयका कारण दर्शकको मनमा राज गरेकी छन् । सन् १९९१ मा फिल्म ‘पत्थर के फूल’ बाट आफ्नो करियर सुरु गरेकी रविना टण्डनले ‘मोहरा’, ‘दिलवाले’ ‘अंदाज अपना(अपना’ ‘दुल्हे राजा’ जस्ता धेरै हिट फिल्ममा काम गरिन् । सन् १९९४ मा उनको अक्षय कुमारसँगको फिल्म ‘मोहरा’ को ‘टिप–टिप बरसा पानी’ गीत निकै लोकप्रिय बनेको थियो र अहिले पनि मानिसहरूले उक्त गीतलाई गुनगुनाउँछन् । यस गीतमा उनको हट स्टाइल निकै रुचाइएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्