सरप्राइज पार्टीमा आमालाई बोलाएर जब फरहानले भने, ‘म शिबानीसंग विवाह गर्न चाहन्छु’




एजेन्सी । अभिनेता फरहान अख्तर छिट्टै आफ्नी प्रेमिका शिबानी दांडेकरसँग विवाह गर्दैछन् । भारतीय मिडियाका अनुसार, दुबै फेब्रुअरी २१ मा विवाह गर्ने निर्णयमा पुगेका छन् । फरहान अख्तरले सबैभन्दा पहिले आफ्नो विवाहको निर्णय आफ्नो आमालाई सुनाएका थिए।हालैको एक अन्तर्वार्तामा अभिनेताकी आमा हनी इरानीले यसको खुलासा गरेकी थिइन् । उनले यो पनि बताइन कसरी फरहानले उनको अगाडि विवाहको कुरा गरेका थिए।

छोराको बिहेको लागि उत्साहित
फरहानकी आमा हनी इरानी भन्छिन्, ‘म छोराको विवाहलाई लिएर निकै उत्साहित छु । म यो दिनको पर्खाइमा कति समयदेखि बसेको छु । अब अन्ततः फरहान बिहे गर्दैछन् । जब फरहानले शिबानीसँग बिहे गर्ने निर्णय गरेका थिए, उनी पहिले मसँग आएका थिए । उनले शिबानीलाई कत्तिको मन पराएको र उनीसँग विवाह गर्न चाहेको बताए ।

आफ्नो बिहेको खबर यसरी दिए
अभिनेता फरहानकी आमाले थप बताइन् कि फरहान र शिबानी दुवैले आफ्नो विवाहको बारेमा सँगै बताए । फरहान र शिबानीले डिनरको व्यवस्था गरे र त्यो रात आफ्नो निर्णयको बारेमा हामीलाई बताए।

के भनिन् फरहान अख्तरकी आमाले ?
फरहानकी आमाले भनिन्, ‘दुबै एकअर्कासँग धेरै खुसी छन् । मैले सधैं प्रार्थना गरेको छु कि दुबै जना सधैं यसरी नै एकअर्कासँग खुसी रहोस्। दुवै एकअर्काको लागि धेरै गम्भीर छन्। त्यसैले हामी दुबैको खुशीमा सामेल हुने निधो गर्यौं र उनीहरुले चाहेको कुरा गर्न राजी भयौं ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्