काठमाडौका सडकमा यस्तो किन गर्दैछ प्रहरी ? एकै पटक १७ सय भन्दा बढी कारवाहीमा



काठमाडौ । काठमाडौ उपत्यकाका सडकमा अहिले ट्राफिक प्रहरी निकै आ क्रा मक बनेको छ । एकै दिन ठूलो संख्याका सवारी चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७०३ जना सवारी चालकमाथि कारवाही गरेको जनाएको छ ।

बिहीबार काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कारवाहीमा पर्ने सवारी चालकमा फुटपाथमा पार्किङ गर्ने १४६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८३ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ५६ जना रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ४९ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने ३५ जना, मदिरा पिएर सवारी साधन चलाउने ४४ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २१ जना चालकलाई पनि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । –न्युज कारखाना

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्