आगलागीमा ५ जनाको मृत्यु भएपछि शोकमा एक दिन तुल्सीपुर बजार बन्द



काठमाडौ । दाङको तुलसीपुरमा मजदुरहरुको निधन भएको शोकमा एक दिन वजार बन्द गर्ने निर्णय गरिएको छ । आगलागीमा परेर एकै दिन पाँच जना मजदुरको निधन भएको थियो । जिल्लालाई ठूलो शोक परेको भन्दै एक दिन बजार बन्द गर्ने निर्णय भएके हो । ५ जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृ त कको शोकमा तुल्सीपुरमा एकदिन बजार बन्द गरिने भएको तुल्सीपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

उद्योग बाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जना मजदुरको शोकमा तुल्सीपुर बजार बन्द गर्न लागिएको हो । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता(चप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको निधन भएको थियो ।

दाङको एक जुत्ता चप्पल पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुरउपमहानगरपालिका–५ ‘ङ’ स्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा भीषण आगलागी हुँदा घरभित्रै फसेर पाँच जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा चार पुरुष र एकजना बालिका रहेका छन् । मृ त कको पहिचान खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीका अनुसार पाँचै जनाको धुवाँले निसासिएर मृत्यु भएको हो । स्थानीयका अनुसार राति पौने २ बजेदेखि लागेको आगो इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले बिहान मात्र नियन्त्रणमा लिन सकेको छ । विद्युत् स र्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्