सूचना दिनेलाई लाखौं पुरस्कार घोषणा गरेर ब्यापक खोजी गरेपछि यसरी फेला पर्यो बालकुमारी मन्दिरको मुर्ति



काठमाडौ । सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट गत माघ ८ गतेदेखि हराइरहेको मूर्ति फेला परेको छ । गुठी संस्थानले मन्दिरको मुर्ति फेला पार्नेलाई पुरस्कारको घोषणा गरेको थियो । महिनौंसम्म प्रहरी र गुठीका पदाधिकारीले खोजी गर्दा फेला नपरेपछि सूचना दिनेलाई पुरस्कार दिने घोषणा गरिएको थियो ।

तर शुक्रबार बिहान ६ बजेतिर ललितपुर महानगरपालिका– १५ स्थित करुणा मन्दिरको छेवैमा उक्त मूर्ति फेला परेको प्रहरीले जनाएको छ । मूर्ति फेला परेको कुरा स्थानीयले प्ररहरीलाई खबर गरे पछि प्रहरी गएर उद्दार गरेका थिए । अहिले मूर्ति जावलाखेलस्थित महानगरीय प्रहरी कार्यालयमा राखिएको छ ।

त्यहाँका प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले व्यापाक खोजी भएको मूर्ति र पक्रिन सकिने डरले चोरी गरेकोले मूर्ति छाडेको हुनुपर्ने बताए । उक्त मूर्ति बालकुमारी मन्दिरको पुरानै स्थानमा प्रतिस्थापनका लागि प्रहरीले १० बजे हस्तान्तरण गर्दैछ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्