फेरी देखियो वर्ड फ्लु, २ सय कुखुरा मरे



काठमाडौ । फेरी कुखुरामा वर्ड फ्लु देखिएको छ । पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटिएको हो । राप्ती नगरपालिका(६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिए पछि सतर्कता अपनाइएको छ । फर्ममा पालिएका दुई हजार कुखुरामध्ये बर्ड फ्लुले दुई सय कुखुरा म रे पछि परिक्षण गरिएको थियो ।

कुखुरा भटाभट मरेपछि २५ माघमा कुखुराको नमुना लिएर बर्ड फ्लु परीक्षण गरिएकोमा बुधबार पुष्टि भएको हो । ‘बर्ड फ्लु नियन्त्रणका लागि फर्मबाट सय मिटर आसपास चारैतिर भएका पक्षीहरू न ष्ट गर्ने तयारी गरिएको छ । बर्ड फ्लुले फर्मका करिब दुई सय कुखुरा म रेको पशु चिकित्सकले बताएका छन् ।

बर्ड फ्लुको रोकथाम तथा नियन्त्रणका लागि बुधबार केन्द्रबाटै बर्ड फ्लु देखिएको फर्मको सय मिटर आसपासमा पालिएका पक्षीहरू न ष्ट गर्न निर्देशन दिइएको थियो । सोहीअनुसार आज केहीबेरमा फर्म आसपासका पक्षीहरू नष्ट गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्