शौचालय उद्घाटन गर्न पुगे मेयर शाक्य



काठमाडौ । काठमाडौमा प्रत्येक वडामा एउटा शुलभ शौचालय बनाउने नीति काठमाडौं महानगरपालिकाको छ । सोही नीति अनुसार निर्माण सम्पन्न भएको शौचालय उद्घाटन गर्न काठमाडौका मेयर विद्या शुन्दर शाक्य पुगेका छन् । महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । एरोशानसँगको सहकार्यका निर्माण गरिएको शौचालयको शुक्रबार महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका हुन् ।

पुरानो टिकट काउन्टर भएको ठाउँमा शौचालय निर्माण गरिएपछि बसबाट झर्ने र चढने यात्रुलाई सुविधा हुने भएको छ । काठमाडौ लगायत मुलुकका शहरहरुमा शुलभ र सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले समस्या झेल्नु परेको छ ।

त्यसैले सहरमा सार्वजनिक शौचालय चाहिन्छ भन्ने माग छ । शौचालय उद्घाटन गर्दै मेयर शाक्यले भने,’सार्वजनिक शौचालय बनाउनै गाह्रो छ ।’ उनले सबैले आफ्नै पायक पर्ने स्थानमा शौचालय बनाइदिनु भन्ने चाहना भएकाले पनि सबैको चित्त बुझाउन समस्या भएको बताएका छन् ।

उद्घाटनपछि बोल्दै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले नमूना कामलाई विस्तार गर्नुपर्ने बताइन् । ‘यो ठाउँमा सार्वजनिक शौचालय बनाउन नदिन विभिन्न खालका दबाब आएका थिए । धेरै मान्छेलाई नभइ नहुने भएपछि हामीले त्यो दबाब झेलेर पनि काम गरेका हौं,’ उनले भिनन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्