ब्यापारीले आफु खुसी बढाए दुधको मुल्य, सरकारको निर्णय लत्याए



काठमाडौं । तपाई हामीले खाने दुधको मुल्य महंगो भएको छ । दुध विक्रेताहरुले आफुखुसी दुधको मुल्य कायम गरेका छन् । सरकारी निर्णय लत्याउँदै ब्यवसायीहरुले नयाँ मुल्य कायम गरेका हुन् । सरकारले प्रतिलिटर ६ रुपैयाँ दूधको मूल्यवृद्धि गर्ने निर्णय थियो ।

तर सरकारको सो निर्णय चित्त नबुझेको भन्दै शुक्रवार नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले प्रतिलिटर दूधको मूल्य १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् ।

दूग्ध विकास संस्थानले केही दिन अघिमात्रै दूधमा प्रतिलिटर ६ रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो । शुक्रवार नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले पत्रकार सम्मेलन गरेर दूधको प्रतिलिटर मूल्य १० रूपैयाँले बढाउने बताएको हो । उनीहरूको निर्णय अनुसार दूधको मूल्य प्रतिलिटर ८६ पुगेको छ ।

सरकारले तोकेको नयाँ मूल्य मान्य नभएर नयाँ मूल्य तोकेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्