एमसीसीले नेताहरुलाई सकस: अमेरिकी मन्त्रीले एकै दिन ओली, देउवा र प्रचण्डलाई फोन गरेर यसो भने



काठमाडौ । केही दिन अघि बालुवाटारवाट प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारीत गर्छौ भन्दै गरेका प्रतिवद्धता सहितको पत्र सार्वजनिक भयो । त्यसमा फेब्रअरी २८ भित्र एमसीसी सांसदवाद पारीत गर्छौ भन्ने प्रतिवद्धता २ नेताहरुले गरेका छन् । तर प्रचण्ड आफै अहिले परिमार्जन नगरी एमसीसी पारीत गर्न हुन्न भन्ने पक्षमा छन् ।

समय नजिकिदै जाँदा समेत अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता संसदबाट पारित हुन नसकेपछि अमेरिकाले ताकेता गर्न थालेको छ । यसवारेमा विहिवार मात्र अमेरिकी मन्त्रीले नेपालका शीर्ष नेताहरूसँग फोनमा कुराकानी गरेका छन्।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु लाई छुट्टाछुट्टै फोन गरेका हुन्।

सहायक मन्त्री लुले देउवा र प्रचण्डले लिखित प्रतिबद्धता जनाएअनुसार फेब्रुअरी अन्तसम्म संसदबाट एमसिसी पारित गर्न दवाव दिएका छन् । अन्य मुलुक पनि एमसीसीको पर्खाइमा भएकाले नेपालका लागि मात्र अब कुर्न नसक्ने उनले बताएका छन् । उनले नेपालवाट एमसीसी फिर्ता लगेर अन्य मुलुकलाई दिने बताएका छन् । प्रचण्डसंगको कुराकानीमा उनले एमसीसी फिर्ता भए त्यो चीनको दवाव थियो भन्ने आफुहरुले बुझ्ने पनि चेतावनी दिएका छन् ।

प्रधानमन्त्री देउवाले आफु एमसीसी पारित गर्न प्रयासरत रहेको र अन्य दललाई मिलाउने प्रयास रहेको जवाफ दिएका छन् । उता ओलीले भने एमसीसी पारित गर्ने कुरा सरकारको भएकाले वहुमत सरकारले चाहे पास गर्न सक्ने जवाफ दिएका छन् । ओलीले आफु कुनै जिम्मेवारीमा छैनौं। सरकारसँग बहुमत छ, उसले चाहेमा टुंगो लगाउन सक्छ भनेर जवाफ दिएका थिए ।

प्रचण्डसँगको कुराकानीमा लुले एमसिसी पारित नभए चीनको हस्तक्षेपका रूपमा लिने चेतावनी दिएपछि प्रचण्डले यसलाई चीनसँग जोडेर हेर्न नहुने तर्क गरेका थिए। चुनावी माहोल सुरू भइसकेकाले चुनावपछि यसको टुंगो लगाउन उचित हुने धारणासमेत प्रचण्डले राखेका थिए। सहायक विदेशमन्त्री लुले भने एमसिसी पारित नभए दुई देशबीचको सम्बन्धमा असर पर्ने चेतावनी दिएका थिए।

लु गत मंसिरमा नेपाल भ्रमणमा आएका थिए। त्यति बेला उनले तीनै जना नेतालाई भेटेर गएका थिए। लुको भ्रमण हुने बेला प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसिसी पारित गर्न आफूहरूले विभिन्न काम गर्ने प्रतिबद्धतासहित चाररपाँच महिनाको समय मागेर चिठी लेखिसकेका थिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्