नेपालका चर्चित ‘कलाकार शोकमा ’: ग्रिनसिटी अस्पतालमा निधन



काठमाडौं – हास्यशृंखला भद्रगोल र सक्किगोनीका ‘पाँडे’ हास्य अभिनयका चर्चित पात्र हुन् । फटाहा प्रवृत्तिको गाउँले बुढाको भूमिकामा पाँडेको अभिनय खुब रुचाइएको छ । स्थायी घर नुवाकोट भएका पाँडेको सक्कली नाम हो, अर्जुन घिमिरे ।

पहिले ‘सिस्नुपानी’ सिरियलमा काम गर्थे । त्यति बेला कुमार कट्टेल ‘जिग्री’ ‘मेरी बास्सै’मा अभिनय गर्थे । जिग्रीले मेरी बास्सै छाडेपछि दुइबीच भेटघाट बाक्लिन थाल्यो र नयाँ हास्य टेलिसिरियल ल्याउनेबारे कुरा चल्न थाल्यो । लामो छलफलपछि ‘भद्रगोल’ ल्याउने निर्णयमा पुगेका थिए । त्यसपश्चात ०७० मा भद्रग्रोल ल्याएका थिए । भद्रगोल ल्याउने निश्चित भएपछि पात्रबारे छलफल सुरु हुन थाले । पात्र कस्ता चयन गर्दा दर्शकले रुचाउँछन् भन्ने सोच्न थाले ।

सबैको मनमुटुमा बस्न सफल लोकप्रीय हाँस्य सिरियल ‘सक्कीगोनी’का कलाकार उनै अर्जुन घिमिरे ‘पाँडे’ लाई मातृशोक परेको दुखदायी खबर छ । उनकी आमाको आज बिहान साढे १ बजे उपचारका क्रममा निधन भएको हो । कलाकार घिमिरेले आमाको निधन भएको बताए । अर्जुनकी आमाको केही महिना अगाडि मस्तिष्कघात भएपछि काठमाडौंको ग्रिन सिटी अस्पतालमा उपचार भैरहेको थियो ।

लामो समयसम्म उपचार हुँदा पनि उनकी आमाको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको थिएन । आमाको उपचार सुरु भएपछि अर्जुनले केही महिना ‘सक्कीगोनी’मा काम पनि गरेका थिएनन् । अर्जुनले आफ्नी आमाको जन्मदिन समेत अस्पतालको बेडमै मनाएका थिए । उनले, आमाको उपचार विधी निक्कै जटिल भएपनि उपचार भने भैरहेको उल्लेख गरेका थिए ।

उनले ८ महिना अगाडि लेखेको एक स्टाटसमा ‘आमाको स्वास्थ्य अवस्था ठिक ठाउँमा आइदिए चित्त वुझाउने बाटोसम्म हुने थियो’ भनेर लेखेका थिए । ग्रिन सिटीमा उपचार भएको करिब १० महिनापछि उनकी आमाको आज बिहान निधन भएको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्