यि सांसदले दोस्रो श्रीमतीसंग डिभोर्स गरेकै दिन गरे तेस्रो विवाह, श्रीमतीको उमेर छोरीको भन्दा कम



एजेन्सी । तस्बिरमा देखिएका ब्यक्ति एक सांसद हुन् । उनले दोस्रो श्रीमतीसंग डिभोर्स गरेकै दिन तेस्रो विवाह गरेका छन् । पाकिस्तानको सत्तारुढ दल पीटीआईका सांसद तथा लोकप्रिय टेलिभिजन होस्ट डाक्टर अमिर लियाकत हुसैनले तेस्रो विवाह गरेका छन् । ४९ वर्षीया सांसदले १८ वर्षीया सईदा दानिया शाहसँग गरेको तेस्रो विवाह पाकिस्तानमा चर्चाको विषय बनेको छ । दुवैले बुधबार विवाह गरेका हुन्, जसको जानकारी आमिर लियाकत हुसैनले इन्स्टाग्राम पोस्टमार्फत दिएका हुन् । सोही दिन आमिरकी दोस्रो श्रीमतीले पनि उनलाई डिभोर्स गरिन् ।

प्रधानमन्त्री इमरान खानको पार्टीका सांसदले इन्स्टाग्राममा तेस्रो श्रीमतीसँगको तस्विर शेयर गर्दै लेखेका छन्, ‘हिजो राती १८ वर्षीया सईदा दानिया शाहसँग विवाह भएको छ । उनी दक्षिण पञ्जाबको लोधारनबाट सम्मानित सादत परिवारकी हुन्।

आमिर लियाकतले आफ्नो पोस्टमा तेस्रो पत्नीको तारिफ गर्दै लेखेका छन्, ‘धेरै मीठो, सुन्दर, सरल र प्यारो । म मेरा सबै शुभचिन्तकहरूलाई हाम्रो लागि प्रार्थना गर्न अनुरोध गर्न चाहन्छु। जिन्दगीको नराम्रो समयलाई मात्रै छोडेको छु । यो गलत निर्णय थियो।

बुधबार आमिरकी दोस्रो पत्नी अभिनेत्री तुबा आमिरले इन्स्टाग्राममार्फत् आमिरसँग डिभोर्सको घोषणा गरेकी हुन् । आफ्नो पोस्टमा, अभिनेत्रीले खुलासा गरीन् कि यी दुई विगत १४ महिना देखि अलग बसिरहेका थिए ।

उनले आफ्नो पोस्टमा लेखेकी छन्, ‘भारी मनका साथ मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित जानकारी दिँदै छु । मेरा नजिकका साथीहरू र आफन्तहरूलाई थाहा छ कि हामी १४ महिनादेखि अलग बसिरहेका छौं र यो हामी सँगै बस्न सक्दैनौं भन्ने प्रमाण हो। मसँग अदालत गएर डिभोर्स गर्नुको विकल्प थिएन ।

उनले थप लेखिन्, ‘म भन्न सक्दिन कि यो मेरो लागि कति गाह्रो भएको छ तर म अल्लाहमा भरोसा गर्छु। म सबै जनतालाई मेरो निर्णयको सम्मान गर्न आग्रह गर्दछु।

आमिरको यो दोस्रो विवाह सन् २०१८ मा भएको थियो । आमिरले यो विवाहको घोषणा गर्दा उनकी पहिलो पत्नी सईद बुसरा इकबालले सामाजिक सञ्जाल मार्फत आमिरले फोनमा डिभोर्स गरेको बताएकी थिइन् । बुसराले यसबाट आफ्ना छोराछोरी र उनीहरूलाई गहिरो चोट पुगेको बताइन् ।

आमिरको तेस्रो श्रीमतीको बारेमा कुरा गर्दा, आमिरले विवाहको घोषणा गर्नु अघि सईदाका धेरै भिडियोहरू आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका छन्, जसमध्ये केहीमा उनी बलिउड गीतहरूमा लिपसिंक गरेको देखिन्छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्