पछिल्लो २४ घन्टामा ११२८ जनामा कोरोना पुष्टि, १४ संक्रमितको मृत्यु



काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १२८ जनामा  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १७ हजार ४४७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६ सय ६६ जना र ३ हजार ५४२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको कुल संख्या ११ लाख ०९ हजार ११४ पुगेको छ । सोही अवधिमा १ लाख ४५ हजार २६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा २७ हजार ४४१ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २१५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा  संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ३२ हजार ८२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २० हजार ९८९ जनाको परीक्षण हुँदा हालसम्म कुल ६३ लाख ४० हजार ६६५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७८ पुगेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्