यी ७ वर्षकी बालिकाले आखिर के गरिन ? ४ वर्षमा कमाइन् साढे ३ अर्ब रुपैयाँ



काठमाडौं । साढे ३ अर्ब रुपैयाँ कमाएकी ७ वर्षकी बालिका अहिले सामाजिक संजालमा भाइरल बनेकी छिन् । उनी हुन् रुसी सोशल मीडिया स्टार अनास्तासिया रेडजिस्काया ।

अघिल्लो वर्ष ३ करोड ६० लाख रुपैयाँ कमाएकी यी सानी बालिकाको मुख्य आयस्रोत हो युट्युब र इन्स्टाग्राम । युट्युब र इन्स्टाग्राम जस्ता सोशल मीडिया प्लेटफर्ममा अपलोड गरेर बच्चामा केन्द्रीत पौष्टिक सामग्री र आकर्षित बिदा तथा महँगो नीजि जेट यात्राको तस्बिरको रोचक मिश्रणका माध्यमबाट उनले मनग्य आम्दानी गर्दै आएकी छिन् ।

उनले तयार पारेका विषय वस्तुहरु संसारभरका बालबालिकाहरुले खुशी हेर्ने गर्छन् । बाबु आमाले बिरामी छोरीको हेरचाहका लागि आफ्नो जागिर छोडे र छोरीका लागि युट्युब च्यानल ‘लाइक नास्त्या’ सुरु गरे । उ

नीहरुले मुल रुपमा युट्युब च्यानललाई अनास्तासियाका लागि एक एजुकेशनल प्रोजेक्टको रुपमा काम गरेका थिए । तर केही वर्षभित्रै उनले पैसा कमाउन थालिन् र करोपति क्लबमा जोडिइन् । ४ वर्ष अघि अपलोड गरिएको एउटा भिडियोलाई त ९० करोड भन्दा बढी पटक हेरिइसकेको छ । जसबाट मात्रै उनले ठूलो रकम कमाइन् ।

 

View this post on Instagram

 

A post shared by Like Nastya (@likenastya)

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्