भद्रगोलका चर्चित कलाकार अर्जुन घिमिरे ‘पाँडे’ जे सोचेका थिए त्यो भैदिएन…..



काठमाडौं – हास्यशृंखला भद्रगोल र सक्किगोनीका चर्चित कलाकार अर्जुन घिमिरे ‘पाँडे’ जे जे सोचेका थिएनन् आज त्यही भइदियो ।

उनकी ममतामयी आमाको आज बिहान साढे १ बजे उपचारका क्रममा निधन हुन पुग्यो । अर्जुनकी आमाको केही महिना अगाडि मस्तिष्कघात भएपछि काठमाडौंको ग्रिन सिटी अस्पतालमा उपचार भैरहेको थियो ।

लामो समयसम्म उपचार हुँदा पनि उनकी आमाको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको थिएन । आमाको उपचार सुरु भएपछि अर्जुनले केही महिना ‘सक्कीगोनी’मा काम पनि गरेका थिएनन् । अर्जुनले आफ्नी आमाको जन्मदिन समेत अस्पतालको बेडमै मनाएका थिए ।

उनले, आमाको उपचार विधी निक्कै जटिल भएपनि उपचार भने भैरहेको उल्लेख गरेका थिए । उनले ८ महिना अगाडि लेखेको एक स्टाटसमा ‘आमाको स्वास्थ्य अवस्था ठिक ठाउँमा आइदिए चित्त वुझाउने बाटोसम्म हुने थियो’ भनेर लेखेका थिए ।

भगवान्सँग प्राथना स्वरुप स्टाटस लेखिएको ८ महिनापछि पाँडेकी आमा भगवान्को प्रिय बन्न पुगिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्