आइतबार सार्वजनिक विदा (सूचनासहित)



काठमाडौं । मधेस प्रदेश सरकारले ज’नयु’द्ध दिवसका दिन सार्वजनिक बिदा दिने भएको छ। आइतबार २७ औं ज’नयु’द्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिन लागिएको हो। शुक्रबार मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले एक विज्ञप्ति जारी गर्दै ज’नयु’द्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।

तत्कालीन माओवादीले हिं’सा’त्मक सं’घ’र्ष सुरु गरेको दिनलाई मधेस प्रदेशले ‘दिवस’ को मान्यता दिएको छ । पहिलोपटक प्रदेश सरकारले फागुन १ लाई ‘ज’नयु’द्ध दिवस’ भन्दै सार्वजनिक विदासमेत दिएको हो। अहिलेसम्म संघीय सरकार वा कुनै पनि प्रदेश सरकारले ज’नयु’द्ध दिवस भनेर विदा दिएका थिएनन् ।

मधेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलोपटक सरकारले औपचारिक रुपमा ज’नयु’द्ध दिवस मनाउन लागेको छ । यसअघि सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले भने मधेश आन्दोलनसँग केन्द्रित रहेर विभिन्न कार्यक्रमहरु गदै आएको थियो । ज’नयु’द्धको दिवसको अवसरमा मधेश सरकारले शहीद भएका परिवारलाई जनही तीन लाख रुपैयाँ दिइने घोषणा समेत गरिसकेको छ ।

यो पनि, नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लोको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लामा कार्यसमितिको निर्वाचन गरिने जनाइएको छ । यसअघि ती जिल्लामा माघ १५ गते निर्वाचन मिति तोकिएको थियो । कोरोना संक्रमण बढेपछि समितिले उक्त निर्वाचन स्थगित गरेको थियो ।

पछिल्ला दिनमा कोरोना संक्रमण न्यून हुँदै गएपछि फागुन १३ गते निर्वाचन गर्ने मिति घोषणा गरिएको हो ।निर्वाचन हुने १६ जिल्लामा प्रतिनिधि तथा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भएमा सोही दिन सम्बन्धित क्षेत्रको महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्यको समेत निर्वाचन सम्पन्न गरिने समितिद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्