एचआइभी भाइरस पत्ता लगाउने व्यक्तिको निधन



पेरिस । एचआइभी एड्स भाइसर पत्ता लगाउने सह आविष्कारक व्यक्तिको निधन भएको छ। एचआइभी भाइरसका सह आविष्कारक एवं फ्रान्सेली भाइरोलोजिस्ट लुक मोनटेग्नियरको ८९ वर्षको उमेरमा निधन भएको हो।

उनको निधन गएको मंगलबार भए पनि स्थानीय समाचारले मृत्युबारे बिहीबारमात्र खबर प्रकाशित गरेका छन्। उनले भाइरसबारे सन् १९८० को दशकदेखि काम सुरु गरेका थिए।

एचआइभी भाइरसका कारण एड्स नामक दीर्घकालीन रोग सर्ने पत्ता लगाएको भन्दै उनलाई सन् २००८ मा नोबल पुरस्कार प्रदान गरिएको थियो। त्यसपश्चात मात्र उनी संसारमा परिचित बनेका थिए। यद्यपि, कोभिड-१९ प्रति अवैज्ञानिक दाबी गरेको भन्दै पछिल्लो समय उनको आलोचनासमेत हुँदै आएको थियो।

यो  पनि, कोरोना भाइरसको सङ्क्रमण घटदै गइरहेको छ । आज ६ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा ८३६ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा कुल परीक्षण गरिएकामध्ये १२.६ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार १०२ जना रहेका छन् ।

पछिल्लो समय एक हजार ८२६ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ३४ हजार ६४८ पुगेको छ । निको हुने दर ९६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा चार जनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ८८२ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ । यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १३ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, कास्की,बाके, रुपन्देही, र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १२ जिल्ला रहेका छन् । ति जिल्लामा सिराहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, नवलपरासी पूर्व, तनहुँ, पाल्पा, दाङ र र कन्चनपुर रहेका छन् ।

शून्य सङ्क्रमित भएको एक मात्र जिल्ला मनाङ रहेको छ । नेपालमा सङ्क्रमण दर १८.२ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा २५ हजार १४१ ,संस्थागत आइसोलेसनमा १६१ , आइसियुमा २०० र भेन्टिलेटरमा ३४ जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा आज दुई लाख ८८ हजार ८३७ जनाले खोप लगाएका छन् । यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज सात लाख १३ हजार ९०५ मात्रा लगाइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्