प्रधानन्यायाधीश राणा विरुद्ध दर्ता गरिएको महाअभियोगमा सत्ता पक्षका कुन कुन नेताले गरे हस्ताक्षर ?



प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र एकीकृत समाजवादी पार्टीका ९८ सांसदले संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

प्रस्तावमा माओवादी प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ प्रस्तावक रहेको सचिवालय स्रोतले जानकारी दियो ।

३ जना प्रस्तावक र ९५ जना समर्थक ९८ जनाको हस्ताक्षर रहेको स्रोतले बतायो । केही महिना अघि मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्ने विषयले चर्चा पाएपछि उनको आलोचना हुन थालेको हो। लगत्तै उनलाई राजीनामा दिन चौतर्फी दबाब परेको देखिएको थियो।

तर उनले बरु महाभियोगको सामना गर्न तयार रहेको आत्मविश्वास प्रकट गरेका थिए। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको सभामुख अग्नि प्रसाद सापकोटाको सचिवालयले पुष्टि गरेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्