विद्यालय खुलेकै दिन विद्यार्थी लिएर स्कूल हिँडेको बस दुर्घटना



काठमाडौ । कोभिडको जोखिमका कारण बन्द भएका विद्यालय फागुन १ देखि सञ्चालनमा आए । काठमाडौ उपत्यका सहित मुलुकभरका विद्यालय आजवाट खुलेका छन् । बुटवलमा विद्यालय खुलेकै दिन विद्यार्थी बोकेको गाडी दुर्घटनामा परेको छ । विद्यालय खुलेकै दिन रूपन्देहीमा स्कुल बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन् ।

बुटवल उपमहानगरपालिका–४, एभरेष्ट इङलिस् बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटना भएको हो । ज्योतिनगरको ओरालोमा गाडीको ब्रेक फेल भएर गाडी दुर्घटना भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । बस विद्यार्थी लिएर विद्यालयतर्फ आउँदै थियो ।

चालक कृष्ण पुनले गाडीमा ब्रेक नलागेपछि बसलाई रुखमा ठो क्का एर विद्यार्थी बचाएको स्थानीय प्रत्यक्षदर्शीले बताए । घाइते सबै विद्यार्थीको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्