प्रधानन्यायाधीश विरुद्ध महाअभियोग दर्ता भएपछि एमाले छक्क! दियो यस्तो प्रतिकृया



काठमाडौ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवरा विरुद्ध अचानक महाअभियोग दर्ता भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छक्क परेको छ । एमालेले सरकारवादी दलको यो निर्णयलाई हठात भनेको छ । एमालेले सोचेको पनि थिएन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाभियोग प्रस्ताव दर्ता हुन्छ भनेर ।

अचानक महाअभियोग दर्ता भएपछि एमालेले यसवारे धारणा बनाउन छलफल गर्ने भएको छ । एमालेका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले यसवारे प्रारम्भिक प्रतिकृया दिँदै पार्टीमा छलफल गरेर मात्र धारणा बनाउने बताएका छन् । एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले हठात र अचानक महाभियोग प्रस्ताव दर्ता भएको बताएका हुन् ।

‘महाभियोग प्रस्तावबारे हामीले भर्खर थाहा पायौं, सत्तापक्षले जे गर्नुभयो यो गम्भीर विषय हो । हामीसँग यसबारे केही छलफल गर्नु भएको छैन,’ नेम्वाङले भने, ‘हठात र अचानक यो कुरा जानकारीमा ल्याउनु भयो । हामी पार्टीमा छलफल गरेर निर्णय लिन्छौँ ।’ एमाले उपाध्यक्ष नेम्वाङले पार्टीका नेता र सांसदहरु काठमाडौं बाहिर रहेकोले नेताहरूसँग छलफल पछि औपचारिक धारणा बनाउने बताए ।

न्यायिक विचलन आएको भन्दै सत्ता गठबन्धनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा आइतवार महाभियोग प्रस्ताव दर्ता गराएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावमा ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्