कोरोना विरुद्ध २ डोज खोप लगाएका २३ वर्षका युवकको संक्रमणवाट मृत्यु



काठमाडौ । कोभिड संक्रमण दर कम हुँदै गएपनि यसको जोखिम भने घटेको छैन । बांकेमा एक २३ वर्षका युवकको कोभिडका कारण निधन भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक युवकको निधन भएको हो । खजुरा गाउँपालिका–२ निवासी २३ वर्षीय युवकको आइतवार बिहान भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार कोभिड विरुद्धको दुवै मात्रा खोप लगाएका उनलाई गत माघ २७ गते पिसिआर गर्दा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पतालमा भर्ना गरिएका उनको उपचारका क्रममै निध भएको हो ।

योसँगै बाँकेमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ३५१ पुगेको छ । शनिबार मात्रै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु भएको थियो । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ८४ वर्षीय पुरुष र भेरीगङ्गा नगरपालिका–३ सुर्खेत निवासी ९० वर्षीय पुरुष थिए । फाइल तस्बिर

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्