अभिनेत्री शिल्पा शेट्टीको फेरी बढ्यो समस्या: शिल्पा सहित बहिनी शमिता र आमालाई पनि पर्यो मुद्दा



एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी, उनकी आमा सुन्दा शेट्टी र बहिनी शमिता शेट्टीविरुद्ध समन जारी गरिएको छ । प्राप्त जानकारी अनुसार एक व्यापारीले शेट्टी परिवारविरुद्ध २१ लाख रुपैयाँ ऋण नतिरेको भन्दै अदालतमा मुद्दा दायर गरेका छन् ।

यो जानकारी समाचार एजेन्सी एएनआईले ट्वीटर मार्फत दिएको हो । एएनआईले लेख्यो, ूअन्धेरी अदालतले अभिनेत्री शिल्पा शेट्टी कुन्द्रा, शमिता शेट्टी र सुनंदा शेट्टी विरुद्ध एक व्यापारीको उजुरी पछि समन जारी गरेको छ, उनीहरूले २१ लाख रुपैयाँ ऋण तिर्न नसकेको आरोप लगाएका छन्। अदालतले तीनै जनालाई फागुन २८ गते हाजिर हुन आदेश दिएको छ ।

एक अटोमोबाइल एजेन्सीका मालिकले तीनैजनालाई २१ लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी दिएका थिए । शिल्पाका दिवंगत बुवाले २१ लाख रुपैयाँ ऋण लिएको व्यवसायीले दाबी गरेका छन् । सन् २०१७ को जनवरीसम्ममा उनले व्याजसहित पूरै रकम बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ । तर उनले ऋणको पैसा नबुझाएको आरोप छ ।

शिल्पा शेट्टी, बहिनी शमिता र आमा सुन्दाले सन् २०१५ मा उनका बुवा सुरेन्द्र शेट्टीले वार्षिक १८ प्रतिशत ब्याजमा लिएको ऋण तिर्न असफल भएको पनि उजुरीकर्ताले दाबी गरेका छन् ।

सुरेन्द्रको कम्पनीको नाममा चेक जारी भएको बताइएको छ । एजेन्सी सञ्चालकले पनि सुरेन्द्रले छोरी र श्रीमतीलाई ऋण मागेको कुरा बताएको दाबी गर्छन् । तर, सुरेन्द्रले ऋण तिर्न अघि नै २०७२ असोज ११ गते उनको मृत्यु भयो र त्यसपछि शिल्पा, शमिता र उनकी आमाले ऋण तिर्न मानेनन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्