आजवाट बैंकको ब्याज बढ्यो, यस्तो छ निक्षेपको नयाँ ब्याज दर



काठमाडौ । वाणिज्य बैंकहरुले आज फागुन १ गतेदेखि निक्षेपको ब्याजदर बढाएका छन् । अब तपाईले बैंकमा राखेको बचतको ब्याज बढी आउने भएको छ । नेपाल बैंकर्स संघ (एबीए) गत शुक्रबारको बैठकले फागुनको १ गतेबाट लागू हुने गरी निक्षेपको ब्याजदर बढाउने निर्णय गरेको थियो ।

२७ बाणिज्य बैंक मध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकबाहेक बाँकी २६ वाणिज्य बैंकले आजदेखि व्यक्तिगत मुद्दतीमा ११.०३ प्रतिशत र संस्थागतमा १०.०३ ब्याजदर लागू गरेका हुन् । मुद्दती निक्षेपमा दिइने ब्याजदरभन्दा रेमिट्यान्स मुद्दतिमा १ प्रतिशत बढी दिनु पर्ने राष्ट्र बैंकको निर्देशन अनुसार रेमिट्यान्स निक्षेपमा १२.०३ प्रतिशत ब्याजदर भएका हुन् ।

पुस महिनामा वाणिज्य बैंकहरुले ११.०३ प्रतिशतसम्म बढाउने बाटो खुला गरे पनि निक्षेप संकलन हुन नसकेको भन्दै पुस र माघ महिना ब्याजदर बढाएका थिएनन् । यसअघि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १०.०३ प्रतिशत थियो । राष्ट्र बैंकले दबाब दिएपछि फागुन १ गतेदेखि ब्याजदर १ प्रतिशत बढाउने निर्णयमा पुगिएको एनबीए स्रोतले जनाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने व्यक्ति मुद्दतीमा ९.५ प्रतिशत र संस्थागतमा ८.५ प्रतिशत निर्धारण गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्