महेशलाई चोरीको आरोप लगाएका बसन्तले मागे माफी



काठमाडौ । सांगेतिक क्षेत्रमा एक अर्काको गीत संगीत चोरी गरेको आरोप लाग्ने गरेको छ । पछिल्लो समय संगीतकार वसन्त सापकोटाले पनि संगीतकार महेश खड्कालाई यस्तै आरोप लगाएका थिए । तर अहिले भने उनले महेशसँग माफी मागेका छन्। केहिदिन अघि संगीत चोरीको आरोप लगाएका सापकोटाले सामाजिक सञ्जाल मार्फत माफी मागेका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सबैलाई नमस्कार जानि नजानि मनिसबाट गल्ती हुन्छ। कुराहरु जति धेरै वढाउँदै लग्यो त्यतिनै बिग्रँदै जाने हुनाले मबाट केही गल्ती भएको छ भने सबैजनासँग माफी माग्दछु।

सुषुप्त मनभित्र कहिले काहिँ राम्रो धुनहरु बस्न जान्छन् कहिले काहिँ एकै खालका शब्दहरु आउँदा धुन पनि मिल्न जान्छ। यही कुरालाई हृदयङ्गम गर्दै आदरणीय दाजु महेश खड्कासँग आगामी दिनमा केही असमझदारी देखा परे मिलेर समाधान गर्नेगरी मेरो तर्फबाट पर्न गएको असुबिधाप्रति माफी चाहन्छु।’

वसन्तले पछिल्लो पटक महेशले संगीत गरेको ‘नोगेन’ बोलको गीतमा ‘सागरसरी चोखो माया’ गीतको धुन चोरीको आरोप लगाएका थिए। त्यसपछि महेशले चोरी प्रमाणित गर्न चुनौती दिँदै प्रमाणित नभए कानुनी उपचारमा जाने बताएका थिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्