४० वर्ष अनाहकमा भारतीय जेलमा जिवन विताएका दुर्गाप्रसादले पाए ८ लाख रुपैया



काठमाडौ । अनाहकमा भारतीय जेलमा ४० वर्ष विताएका इलामका दुर्गाप्रसाद तिम्सिनाले ८ लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन्। बिनासुनुवाइ उनलाई ४० वर्ष भारतीय जेलमा राखिएको थियो। उनकी वृद्ध आमा छोरा आउने आशमा पर्खेर बसेकी थिइन् । छोरा घर आइपुगेको एक वर्ष नहुँदै दुर्गा प्रसादकी आमाको निधन भएको छ ।

कोलकाता उच्च अदालतले उनलाई तत्काल ५ लाख भारू (८ लाख रुपैयाँ) क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको थियो। कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वर पौडेलले आज (आइतबार) तिम्सिनालाई ५ लाख भारूको चेक हस्तान्तरण गरेका हुन्।

तिम्सिना ज्यान लिएको आरोपमा दार्जिलिङबाट पक्राउ परेका थिए। गत वर्ष चैतमा उनी कोलकातास्थित दमदम जेलबाट छुटेका थिए। उनलाई इलाम जिल्ला प्रशासनले नागरिकता पनि दिइसकेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्