एमालेले यसरी लिँदैछ अब बदला, थाल्यो हस्ताक्षर संकलन



काठमाडौ । सरकारवादी दलहरुले प्रमुखप्रतिपक्षी दल नेकपा (एमाले)संग परामर्श नगरी हठात् प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराए । एमालेले पनि अब त्यसको वदला लिने भएको छ । लामो समय देखि सभामुख अग्निप्रसाद सापकोटाको राजिनामा माग्दै संसद अवरुद्ध गर्दै आएको एमालेले सरकारलाई वदला लिने भएको हो ।

एमालेले पनि अब सभामुख विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भएको छ । त्यसका लागि तयारी थालेको छ । आफुहरुले कारवाही गरेका माधव नेपाल सहित १४ जनाको संसद पद खारेज नगरेका कारण एमाले सभामुखसंग रुष्ट छ । यसवारे अदालतमा पनि मुद्दा जारी छ ।

सर्वोच्च अदालतका प्रधानव्याधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध आईतबार सत्तापक्षका ९८ सांसदहरुले हस्ताक्षर गरेर महाभियोग दर्ता गरे पछि एमाले पनि सभामुख विरुद्ध महाअभियोग दर्ताको तयारीमा लागेको छ । आईतबार बसेको एमालेको सचिवालय बैठक बसेको थियो । उक्त बैठकले प्रधानन्यायाधीशबिरुद्धको महाभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

त्यस्तै एमालेको संसदीय दलको बैठक अहिले बसीरहेको छ । उक्त बैठकबाटै सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले संसादहरुको हस्ताक्षर संकलन थालेको स्रोतले बताएको छ । नेकपा एमालेले आईतबार नै उपत्यका बाहिर रहेका नेता तथा सांसदहरुलाई संसदीय दलको बैठकमा उपस्थित हुन काठमाडौं आइपुग्न निर्देशन दिएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्