‘सभामुखसंगै हाम्रो विमती हो, उनले बोलाएको बैठकमा हामी जाँदैनौ’



काठमाडौ । सोमवारका लागि सभामुख अग्नी सापकोटाले बोलाएको सर्वदलिय बैठक नेकपा एमालेले बहिष्कार गरेको छ । एमालेले आफुहरुको विमती सभामुखसंग भएकाले उनले बोलाएको बैठकमा नजाने प्रतिकृया दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावबारे छलफल गर्न सभामुख अग्नि सापकोटाले सोमवार सर्वदलिय वैठक बोलाएका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।

प्रतिपक्षी दलसँग छलफल नै नगरी दर्ता गरिएको महाभियोग प्रस्तावबारे छलफल गर्न बैठकमा नजाने एमालेले बताएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा सहभागी नहुने जानकारी दिए । ‘कुनै विषयमा सरसल्लाह छैन, सरसल्लाह नभई बस्न लागेको बैठकमा जानु पर्ने केही छैन,’ भट्टराईले भने ।

सभामुख सापकोटाले सोमवार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । यसैबीच, पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न एमाले संसदीय दलको बैठक सोमवार मध्यान्हपछि बस्दैछ । आज बस्ने सर्वदलीय बैठकमा महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले जानकारी दिएका छन् । सभामुखसँग असहमति हुँदा हुँदै सभामुखले नै बोलएको बैठकमा हामी जानुको अर्थ नहुने भन्दै सर्वदलीय बैठकमा सहभागी नहुने एमालेले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्