सबैको ध्यान एमाले बैठक तिर, ४ न्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव वारे भट्टराईले यस्तो भने



काठमाडौ । सरकारवादी दलहरुले आइतवार हठात एउटा निर्णय गरेपछ अहिले नेपालको राजनीतिमा तरंग उत्पन्न भएको छ । आइतवार सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधी चोलेन्द्र शमशेर जवरा विरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसंग परामर्श नगरी महाअभियोग दर्ता गरेपछि अहिले एमाले पनि छलफलमा जुटेको छ ।

सत्तारुढ तीन दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज (सोमबार) संसदीय दलको बैठक बोलाएको छ । तर एमालेले आयोजना गरेको संसदीय दलको बैठक सुरु हुन ढिलाइ भएको छ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा अध्यक्ष केपी शर्मा ओली अझै पुगेका छैनन्। दलको बैठक बस्न अझै २० मिनेट बढी लाग्छ‘, एमाले दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘सर्वोच्च अदालतका ४ न्यायाधीशमाथिको महाभियोग दर्ताबारे त्यही बैठकले निर्णय गर्नेछ। अहिलेसम्म दर्ताबारे कुनै निर्णय भएको छैन। बाहिर आएका हल्ला मात्र हुन्।’ दलको बैठकमा सबै विषयमा छलफल हुने उनले बताए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्