भ्यालेन्टाइन डे कै दिनमा हाम्रो २३ औं विवाह वार्षिकोत्सव हुन्थ्यो तर तिमी ….



एजेन्सी । आज पुरा विश्वमा भ्यालेन्टाइन डे मनाइएको छ । तर यहि खुसीको पल कसैका लागि भने मुटुको काँडा बनेको छ । बलिउड अभिनेत्री मन्दिरा बेदीको लागि यस्तै भएको छ । आज मन्दिराको २३ औँ विवाह वार्षिकोत्सव हो र यस अवसरमा उनले आफ्ना स्वर्गीय पति राज कौशललाई सम्झिरहेकी छिन् । उनीहरुले भ्यालेन्टाइन डे को दिनमै विवाह गरेका थिए ।

बलिउड फिल्ममेकर तथा मन्दिरा बेदीका पति राज कौशलको गत वर्ष जुन ३० मा हृदयघातका कारण निधन भएको थियो । त्यसपछि मन्दिरा बेदीले सामाजिक सञ्जालमा आफ्नो तस्विर शेयर गरेर आफ्नो मनको कुरा गरिरहेकी छिन् ।

मन्दिरा बेदीले राज मिस गरिरहेकी छिन्
नायिका पति राज कौशललाई धेरै मिस गर्दै भावुक स्टाटस सहित तस्बिर सार्वजनिक गरेकी छन् । यदि आज राज जिवित भएको भए, यो जोडीले भ्यालेन्टाइन डेसँगै आफ्नो २३ औं विवाहको वार्षिकोत्सव मनाउने थियो। मन्दिराका लागि आजको दिन कत्तिको अप्ठ्यारो हुनेछ भन्ने कुरा उनले लेखेको नोटबाट थाहा पाउन सकिन्छ । आफ्नो विवाहको केही तस्विर इन्स्टाग्राममा सेयर गर्दै उनले लेखेकी छन्, ‘आज हाम्रो विवाहको २३ औं वार्षिकोत्सव हुने थियो ।

मन्दिरा बेदी र राज कौशलको पहिलो भेट सन् १९९६ मा भएको थियो । त्यसपछि दुवैको भेटघाटको क्रम बढ्यो र ३ वर्ष डेटिङ गरेपछि १४ फेब्रुअरी १९९९ मा यी जोडीले विवाह गरे । विवाहको १२ वर्षपछि यस जोडीको पहिलो सन्तान वीर कौशलको जन्म भएको थियो । वीरको जन्म भएको नौ वर्षपछि मन्दिरा र राजले छोरी धर्मपुत्री लिएका थिए ।

राजको गत वर्ष मृत्यु भएको थियो
राज कौशलको असार ३० गते हृदयघातका कारण निधन भएको थियो । उनी ४९ वर्षका थिए । उनको र मन्दिराको विवाह भएको २३ वर्ष भयो । राज बलिउडका चर्चित निर्माता तथा निर्देशक थिए । राज र मन्दिरा दुवै एकअर्कालाई धेरै माया गर्थे।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्