‘टेक अफ’ गर्दै गर्दा गुण एयरको विमान चरा संग ठो’क्किँयो……




काठमाडौं । गुण एयरको विमानमा चरा ठो’क्किँ’एको छ । आइतबार चरा ठो’क्किँ’एपछि विराटनगरमा आकस्मिक अवतरण गर्नुपरेको थियो । विराटनगर विमानस्थलबाट ‘टेक अफ’ गर्दै गरेको गुण एयरको विमानमा चरा ठो’क्किँ’एपछि आकस्मिक अवतरण भएको हो ।

विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले यसको पुष्टि गर्नुभयो । उहाँले दिएको जानकारी अनुसार विराटनगरबाट आइतबार साझ साढे ६ बजे टेक अफ गर्ने बेलामा चरा ठो’क्किँ’एको थियो ।

त्यसलगत्तै एक राउन्ड घुमाएर जहाज अवतरण गरिएको थियो । विमानमा भने कुनै क्षति भएको छैन । सवार यात्रु पनि सबै सकुसल रहेका छन । उक्त एयरलाइन्समा २७ जना यात्रु थिए ।

विराटनगरबाट गुण एयरको काठमाण्डौं नियमित दुई वटा उडान हुँदै आएको छ । पछिल्ला दिनहरूमा नेपालमा यस प्रकारका घटनाहरू धेरै देखिने गरेका छन् । विमानस्थलमा भएको कमजोर व्यवस्थापनका कारण कहिलेकाँही अन्य जंगली जनवार पनि आउने गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्