ट्याक्टर अनियन्त्रित भएर प’ल्टिँ’दा चालकको मृत्यु




खोटाङ, २ फागुन – खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको ऐसेलुखर्क पुछारबाट सोमबार हलेसीतर्फ जाँदै गरेको स १ त ७७३३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौैले नवलपुर निवासी चालक सिटामोल भन्ने शेखर मगरको मृत्यु भएको हो ।

ट्याक्टर पल्टिएर सडकबाट करिब ७५ मिटर तल खस्दा चालक मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कामका लागि हिँडेको ट्याक्टर हलेसी-धितुङ-रेग्मीटार सडकखण्डको कालिकादेवीथान नजिकै काभ्रा खोलामा दुर्घटनामा परेको महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए । दुर्घटनामा ट्याक्टरका मालिक हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका ३२ वर्षीय नगेन्द्र राई घाइते भएका छन् ।

हेल्थ केयर मेडिकल हलेसीमा प्राथमिक उपचार गराएका राईको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडाैं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए । श’व पो’ष्ट’मा’र्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्