महाअभियोग प्रस्ताव ल्याउनुमा यि ३ षडयन्त्र रहेको एमाले बैठकको ठहर




काठमाडौ । सत्तारुढ दलले प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव ल्याएपछि त्यसवारे छलफल गर्न सोमवार बसेको नेकपा एमाले संसदीय दलको बैठकले महाअभियोग आउनुमा अन्य षडयन्त्र रहेको निष्कर्ष निकालेको छ । ‘‘अदालतलाई निरन्तर गिजोलिरहने र अस्थिर बनाउने, दोस्रो, निर्वाचन सार्ने र तेस्रो एमसीसी पास गर्ने नियतका साथ महाअभियोगको प्रस्ताव ल्याएको ठहर एमालेको छ ।

बैठकपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा भएको निर्णयवारे जानकारी दिँदै भने,‘‘त्यसकारण यसलाई हामीले प्रतिवाद गर्नुपर्छ र त्यो प्रतिवाद आवश्यक पर्दा सडकबाट पनि गर्नुपर्छ। आवश्यक पर्दा न्यायालयबाट पनि गर्नुपर्छ।’’

प्रमुख सचेतक भट्टराईले एमसीसी परियोजनाबारे भने बैठकमा कुनै निर्णय नभएको बताए । उनले सत्तारुढ गठबन्धनको एउटै धारणा नआएसम्म एमाले ‘पर्ख र हेर’को रणनीतिमा रहेको स्पष्ट पारे। पार्टीले आवश्यक परेको बेलामा देश र जनताको पक्षमा आवश्यक निर्णय लिने उनले बताए ।

उनले भने,‘‘ हिले सत्तारुढ गठबन्धन एमसीसीको सम्बन्धमा एकीकृत धारणाका साथ प्रस्तुत हुन सकिरहेको छैन। किन उहाँहरु यो विषयमा एउटा धारणा ल्याउन सक्नुहुन्न ? जबसम्म उहाँहरुले एउटै धारणाका साथ प्रस्तुत हुन सक्नुहुन्न तबसम्म नेकपा (एमाले) पर्ख र हेरको नितिमा रहेको छ।

र, आवश्यक परेको बेला एमालेले राष्ट्रिय हितको पक्षमा, देशको पक्षमा, जनताको पक्षमा उभिन्छ र यसबारेमा आवश्यक निर्णय लिन्छ भन्ने कुरा आजको बैठकमा भएको कुरा यहाँहरुको बिचमा म जानकारी गराउन चाहन्छु।’’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्